अदालतलाई दबाब र प्रभावमा नपार्न बार एशोसिएशनको आग्रह

काठमाडौं – नेपाल बार एशोसिएशनले अदालतमाथि दबाब र प्रभावमा नपार्न अपिल गरेको छ ।

डाक्टर गोविन्द केसीलाई अवहेलना मुद्दामा साधारण तारिखमा छाडेपछि आधिकारिक धारणा तय गर्न बसेको बार बैठकले कुनै पनि व्यक्तिले अदालतमाथि दबाब दिन नहुने बताएको हो । बारले गोविन्द केसीले अदालतको इजलाशमै उपस्थिति भएर प्रधानन्यायाधीशमाथि आरोप लगाउनुले समान्नित अदालतको मान मर्दन भएको निष्कर्ष निकालेको छ ।

न्यायाधीश भएका कुनै पनि गुनासो वा उजुरी न्याय परिषद्मार्फत आउनुपर्ने तर केसीले त्यस्तो प्रक्रिया अबलम्बन नगर्नु दुःखद भएको बताएको छ । यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकामाथि आँच आउने, जनआस्था घट्ने र गलत विधि र प्रक्रिया सुरु हुने भएकाले सबैलाई सचेत रहन बारले आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित