युएईका लागि कार्यवाहक नेपाली राजदूत टण्डनको बिदाई

दुबई – युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डनको बिदाई गरिएको छ । कार्यवाहक राजदूत टण्डनको चार बर्षिय कार्यकाल सकिएपछि गुल्मी सेवा समाज युएईको आयोजनामा विभिन्न संघ संस्थाले बिदाई गरेका हुन् ।गत जनवरी ११ तारिकका दिन दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा गुल्मी सेवा समाज युएईको आयोजनामा युएईस्थित क्रियाशिल विभिन्न २२ वटा संघ सस्थाहरुले संयुक्त राजदूत टण्डनलाई सम्मानका साथ बिदाई गरेका थिए ।गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक राजदूत टण्डन प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमा विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी र पत्रकारको सहभागिता रहेको थियो । भुवन मगरको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रुद्र थापाले गर्नु भएको हो ।गुल्मीको छत्रकोट गाउंपालिका-२, स्थायी घर भएका टण्डन भक्तपुरमा बस्दै आउनुभएको छ । टण्डन १६ जनवरी २०१४ मा युएईका लागि उपनियोग प्रमुखको पदमा नियुक्ती भएर आउनु भएको थियो । 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित