शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – फेसबुकको न्युज फिडमा ठूलो परिवर्तन गर्ने कार्यकारी प्रमुख मार्क जुकरवर्गले घोषणा गरेका छन् । फेसबुकमा बिताइएको समय अर्थपूर्ण बनाउने प्रयासस्वरुप न्युजफिडमा परिवर्तन गर्ने निर्णय लिइएको बिहीबार उनले जनाएका छन् ।

यससँगै न्युजफिडमा साथी तथा परिवारका सदस्यहरुको स्टाटस अपडेट सबैभन्दा माथि देखिने र समाचार तथा ब्राण्डहरुले प्रकाशित गरेका पोस्टलाई कम महत्व दिने भएको छ । झुठो समाचार, अमेरिकी निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप तथा विभिन्न अनुसन्धानहरुले फेसबुकले प्रयोगकर्ताको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव, आदिका विषयमा गत वर्ष चर्को आलोचना भएपछि फेसबुकले यस्तो कदम चालेको थियो ।

https://www.facebook.com/zuck/posts/10104413015393571

यसका लागि आइन्दा फेसबुकले ‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तर्क्रिया’ लाई न्युजफिडमा प्राथमिकता दिने भएको हो । -एजेन्सी 

तपाईको प्रतिक्रिया