उत्तर कोरियाका विरुद्ध सहकार्य खोज्न आवे पूर्वी युरोपको भ्रमणमा

टोकियो–जापानका प्रधानमन्त्री सिन्जो आवे पूर्वी युरोपियन देशका ६ वटा देशहरुको छ दिने औपचारिक भ्रमणका लागि निस्किएका छन् । यी देशको भ्रमण गर्ने जापानी प्रधानमन्त्रीमा आवे पहिलो रहेका छन् ।
शुक्रबार बिहान जापानको हानेदा अन्तरराष्ट्रिय विमानस्थलबाट निस्केका आवेको भ्रमणको सुरुवात रुसको छिमेकी देश एस्टोनियाबाट हुने एनएचकेको समाचारमा उल्लेख छ । त्यसपछि उनले लात्भिया, लिथुवानीया, बुल्गेरिया, सर्बिया र रोमानियाको भ्रमण गर्ने जनाइएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री आवेले आफ्ना समकक्षीहरुसँग उत्तर कोरियाको परमाणु विकासका कारणले विश्व समुदायलाई पारेको चिन्ताका बारेमा समन्वय र सहकार्यका लागि विशेष छलफल गरिने पत्रकारहरुसँग बताएका छन् ।
आवेले ती देशहरुसँगको आर्थिक विकासको बढवाका बारेमा पनि कुराकानी हुने बताएका छन् । उनीसँगको भ्रमणमा जापानका ३० भन्दा बढी कम्पनीका प्रतिनिधिहरुको सहभागिता समेत रहेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित