शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाल टेलिकमले व्यवसायिक रुपमा चीनबाट ल्याएको इन्टरनेट सेवाको आज औपचारिक शुभारम्भ हुँदैछ । सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले अपरान्ह सो सेवाको  औपचारिक शुभारम्भ गर्नुहुनेछ ।

योसँगै २ दशकभन्दा लामो समयदेखिको भारतीय एकाधिकार समेतअन्त्य भएको छ । भारतबाटमात्र इन्टरनेट कनेक्सन ल्याइरहेको टेलिकमले प्रतिस्पर्धी र भारत मात्रैको परनिर्भरता अन्त्य गर्नरसुवागढी नाका हुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा चाइना टेलिकम ग्लोबलसँग गत मंसिर २२ गते सम्झौता गरेको थियो ।

सोही सम्झौता बमोजिम चिनियाँ स्थलमार्गबाट रसुवा हुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट टेलिकमले इन्टरनेट कनेक्सन ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’मार्फत इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ ल्याएको हो ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रीय प्रणालीमा जोडिएको छ । यसअघिटेलिकम सहित नेपालका सबै सेवाप्रदायकले भारतीय मार्गबाट भैरहवा, वीरगन्ज र विराटनगर नाका हुदै ब्यान्डविथ किन्दै आएका थिए ।

इन्टरनेटका लागि अप्टिकल फाइबर र स्याटेलाइटमार्फत ब्यान्डविथ भित्र्याउने गरिन्छ । यद्यपी विश्वभर नै हाल अप्टिकल फाइबरमार्फत ब्यान्डविथ भित्र्याउने चलन बढेको छ ।

तपाईको प्रतिक्रिया