पृथ्वीमा पुतली र झिँगाको अस्तित्व २० करोड वर्ष पूरानो

काठमाडौं –  पृथ्वीमा पुतली र झिँगाको अस्तित्व २० करोड बर्ष पूरानो भएको नयाँ तथ्य सार्वजनिक भएको छ । जर्मनीमा रहेको पूरातात्विक चट्टानमा रहेको धुलोको कणमा फेला परेको जीवाशेषको अध्ययनबाट सो तथ्य फेला परेको हो ।

हालसम्मकै सबैभन्दा बढी अध्ययन गरिएको किरा समुहको उत्पति अझै पूरानो भएको खुलासा भएको हो ।  पुतली प्रजातीको संरक्षणका लागी सो अध्ययन फलदायी हुने वैज्ञानिकहरुको भनाई छ । चट्टानलाई रसायनिक पदार्थमा पगालेर ति जीवाशेष निकालिएको थियो ।

जीवाशेष भेटिएका पुतलिका केही प्रजाती अझै पनि भेटिने भएकाले संरक्षणका सघाउ पुग्ने छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित