जापानमा वर्डफ्लू देखियो

टोकियो–जापानको पश्चिमी कागावा प्रिफेक्चरमा रहेको पोल्ट्रीफममा मरेका कुखुराको प्रारम्भिक परिक्षणबाट वर्डफ्लू रहेको देखिएको बताइएको छ ।
सानुकी शहरमा रहेको पोल्ट्री फारममा बुधबार ५५ वटा कुखुरा मरेको पाइएपछि तिनीहरुको परिक्षण गर्दा वर्डफ्लूको मात्रा सकारात्मक देखिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै एनएचकेको समाचारमा उल्लेख छ । प्रारम्भिक परिक्षणले ११ वटा कुखुरामा ३ वटामा उच्च संक्रमण सहित फ्लूको भाइरस सकारात्मक देखिएको बताइएको छ ।
अहिले सो पोल्ट्रीफारमबाट कुखुराको ओसारपसारका रोक लगाई थप परिक्षण भैरहेको अधिकारीहरुले बताएका छन् । सो फारममा मरेका कुखुरामा वर्डफ्लू भएको पुष्टि भएमा त्यहाँ रहेका ५१ हजार कुखुरालाई नष्ट गरिने र त्यस क्षेत्रको ३ किलोमिटर वरपर रहेका अन्य आठवटा पोल्ट्रीफममा पनि वर्डफ्लू परिक्षण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित