बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – कम्प्युटर चिप्समा देखिएका दुई प्रमुख त्रुटीका कारण आइफोन, आइप्याड र म्याकबुक (ल्यापटप) प्रभावित भएको एप्पलले जनाएको छ । यो हप्ता मेल्टडाउन र स्पेक्टर बगका कारण कम्प्युटर तथा मोवाइलमा समस्या देखिएको थियो ।

प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु यो समस्या समाधानका लागि प्रयासरत रहेका छन् । मेल्टडाउन र स्पेक्टर बगले ह्याकरहरुलाई कम्प्युटर, मोवाइल तथा आइप्याडबाट डाटा चोरी गर्न सजिलो बनाउँछ । एप्पलले बगको आक्रमणबाट बच्नका लागि यसअघि नै केही उपायहरु सुझाइसकेको थियो । तर अहिलेसम्म गम्भीर खालको समस्या वा डाटा चोरी भएको घटना नभएको एप्पलले जनाएको छ ।

आफ्नो आइफोन, आइप्याड तथा म्याकबुकको सुरक्षाका लागि विश्वसनीय स्रोतबाट मात्रै सफ्टवेयर डाउनलोड गर्न एप्पलले आग्रह गरेको छ । म्याकबुक एन्ड्रोइड फोन तथा माइक्रोसफ्ट सिस्टम भएका कम्प्युटर भन्दा सुरक्षित मान्ने गरिएको छ । तर एप्पलले मेल्टडाउन एण्ड स्पेक्टर बगले आफ्ना कम्प्युटर तथा मोवाइल फोन पनि प्रभावित भएको जनाएको हो ।

यो बग इनटेल र एआरएमले बनाएका नयाँ प्रविधिसहितका कम्प्युटरको प्रोसेसिङ युनिट वा माइक्रोचिप्समा भेटिएको छ । यो बगका कारण म्याक र आइओएसका सबै डिभाइस प्रभावित भएको एप्पलले जनाएको छ ।

तपाईको प्रतिक्रिया