बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – यो बाटो यति खतरनाक छ की धेरैलाई त्यहाँ जानसक्ने कुराको कल्पना त परै जाओस् देख्दैमा डर लाग्दछ ।

यसलाई मृत्युको बाटो भनेर पनि चिनिन्छ । यहाँ एउटा सानो गल्तीले सिधै मृत्युको मुखमा पूराउँदछ । तर कोही मानिसहरु मृत्युसँग खेल्न रुचाउँछन् । त्यसैले उक्त बाटोमा पैठेजोरी खेल्न पुग्दछन् । नाक ठोक्किने ठाडो चट्टानी पहाडमा काठ तथा फलामका स साना पाता तथा डण्डीहरु जोडेर मान्छे हिड्ने बाटो बनाइएको छ । उक्त बाटोमा हिड्ने हिम्मत कमजोर मुटु भएकाले निकाल्न सक्दैन ।

पहाडको खोँचभन्दा हजारौँ फिट माथिको त्यो त्रासदीपूर्ण बाटो चीनमा रहेको छ । चीनको हुसान पर्वत श्रृंखला अन्तरगतका पाँचवटा पर्वत मध्ये सबैभन्दा अग्लो चुचुरोमा यो त्रासद मार्ग रहेको छ । निकै डरलाग्दो हुनुका बाजबुत यो बाटो साहसिक पर्यटनका लागि निकै आकर्षक गन्तव्य बनिरहेको छ ।यो बाटो ७ हजार ८७ फिट उचाईमा रहेको छ । जानकारहरुका अनुसार परापूर्व कालमा यस पर्वतमा धेरै ताओ धर्माबलम्बीका मन्दिर रहेका थिए । त्यसैले सन्यासी तथा पुजारीहरुले आफ्नो सुविधाका लागि सिँढीहरु बनाए । पछि त्यहाँ पर्यटक पनि आउन थाले ।

हेरौँ यस भयानक बाटोका केही तस्वीरहरु

-एजेन्सी

तपाईको प्रतिक्रिया