शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

पोखरा – लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार २०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारजनद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार रहेको छ। नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिनुभयो।

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका ६ वटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन्। प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिश गरेको हो। समितिमा प्रा डा रविलाल अधिकारी, डा प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य–सचिवमा कृष्णप्रसाद पौडेल रहेका छन्।

कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औँ जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका–७ अर्घौं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा पुरस्कार प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया