बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – कलर्सले ‘पी ६५’ मोडलको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। सार्वजनिक गरिएको फोनको मूल्य ७ हजार ९९५ निर्धारण गरिएको छ ।

यो फोनमा ५ इन्चको आइपीएस डिस्प्ले छ । मिडियाटेक एमटी ६५८० एमको चिपसेट तथा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर भएको फोनमा एन्ड्रोइड नोगट ७.० भर्सनको अपरेटिङ सिस्टम छ ।

फोरजीका साथमा दुई सिम अट्ने फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरन स्टोरेज दिइएको छ । यसले फिंगरप्रिन्ट सेन्सर सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

फोनमा पछाडितर्फ एलइडी फ्ल्याससहित ५ मेगापिक्सेलको रियर तथा सोही क्षमताको सेल्फी क्यामेरा छ । ३ हजार एमएएच क्षमताको ब्याट्री भएको फोन गोल्ड र ब्ल्याक गरी दुई रङ्ग भेरियन्टमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया