बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । आजदेखि लागु हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध हुनेछ ।

यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउनेगरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । एक सय २० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।

यस्तै जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ । बोनसका रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  विन्टर नाइट डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।

यस्तै ६० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र सात दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया