बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा शेखर कोइरालालाई पराजित गर्दै विजयी बन्नुभएका उम्मेदवार लालबाबु पण्डितले निर्वाचन खर्च बुझाउनुभएको छ ।

आज उहाँले १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण निर्वाचन अधिकृतको कार्यालय मोरङमा बुझाउनुभएको हो ।  उहाँले बुझाएको विवरण अनुसार आयोगले तोकेकोभन्दा कम निर्वाचनमा खर्च गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

उहाँले बुझाएको निर्वाचन खर्च विवरण अनुसार मतदाता नामावली खरीदमा १५ सय रुपैयाँ, सवारी र घोडामा दुई लाख ४० हजार रुपैयाँ, इन्धन र दानामा ९८ हजार पाँच सय ५० रुपैयाँ, प्रचार सामग्रीमा दुई लाख ८० हजार छ सय १५ रुपैयाँ र प्रचार सामग्री ढुवानीमा ३४ हजार चार सय ६० रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यसैगरी, गोष्ठी र कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४ रुपैयाँ, सञ्चारमाध्यमबाट प्रचारप्रसारमा एक लाख ८७ हजार रुपैयाँ, कार्यालय सञ्चालनमा एक लाख २० हजार ४ सय ७५ रुपैयाँ, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ रुपैयाँ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया