बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – भारतको मुम्बईमा एक मिठाई पसलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

साकी-नाका क्षेत्रको खैरानी रोडमा बिहान सवा ४ बजे आगो लागेको हो । १५ जना मिठाई बनाउने कामदार पसल भित्र सुतिरहेका समय आगलागी भएको हो ।

बिजुलीको तारबाट सल्किएको आगो काठका सामान र मिठाईका कच्चा पदार्थमा फैलिएपछि सुतिरहेका कामदार आगोको चपेटामा परेका हुन् । आगलागीका कारण मिठाई पसल रहेको घर भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया