शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

दाङ – दाङको तुल्सीपुर उपमहानगरपालिकाको पातुखोला र भमकेखोलाबाट अवैध रुपमा बालुवा, गिट्टी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

अवैध बालुवा र गिट्टी ढुवानी गरिरहेको अवस्थामा रा १ त १२७८ र  रा १ त २२६१ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

नदीजन्य बस्तु उत्खननका लागि ठेक्का नभएको भमकेखोला र पातुखोलाको तोकिएको क्षेत्रभन्दा बाहिरबाट ती ट्रयाक्टरले बालुवा र गिट्टी उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया