मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

धनकुटा  – प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका बासिन्दाले सोमबार जिल्लाका बजार र यातायात बन्द गराएका छन् ।

आइतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका धनकुटा बासिन्दाले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् । त्यसैगरी सवारी साधान पनि चलेका छैनन् ।

सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया