बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेकपा एमालेका नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

झापाको दमकमा आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदै नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गर्नुभएको हो ।  नेता नेम्वाङ्गले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको बताउनुभयो ।

संविधानमा व्यवस्थै नभएको निर्वाचन प्रणाली जबरजस्ती लाद्न खोजेको नेम्वाङ्गको आरोप छ । कांग्रेसले आफ्नो संख्या बढाउन यस्तो बखेडा झिकेको नेम्वाङ्गले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेकाले पार्टी एकतामा कुनै शंका नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया