मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौँ -नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएकाे छ । आज दिउँसो ३ बजे दरबारमार्गस्थित होटल अन्नपूर्णमा गर्ने संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् ।

प्रचण्ड र ओलीसँग वाम गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने प्रचण्डको सचिवालयले  जानकारी दिएको छ । वाम गठबन्धनले गर्ने संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रिय सभा निर्वाचन अध्यादेश, प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा दुवै दलको ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । त्यस्तै नेताहरुले मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले  जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि वाम गठबन्धनले गर्न लागेको संयुक्त पत्रकार सम्मेलन पहिलो हो ।

तपाईको प्रतिक्रिया