बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–प्रतिनिधिसभा तथा प्रदेशसभामा वाम गठबन्धनले बहुमत ल्याएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार उनकै निवास बालकोट पुगेर नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले बधाई दिएका छन् ।
राजदूत ओगावासँगको भेटमा एमाले अध्यक्ष ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए । आफूले भ्रष्टाचार न्यूनिकरण, विकास, समृद्धि, पारदर्शीता जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले भने, ‘हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिबद्ध छौं।’
राजदूत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माण हुने अपेक्षा आफूले गरेको बताए । उनले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले बताए। ओलीले भने, ‘हामी सबै अन्तराष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौं। ’

तपाईको प्रतिक्रिया