बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं  – काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

सुनारले ललितपुरको जावलाखेलका आशिष तामाङको मोटरसाइकालमा लिफ्ट मागेर चढ्नुभएको थियो । मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया