बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं –  हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । ती जिल्लामा आज दिनभर नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शीतलहरको औपचारिक घोषणा भने गरेको छैन । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरीलगायतका जिल्लामा चिसो बढेसँगै त्यहाँको चहलपहल कम भएको छ ।

मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । काठमाडौं उपत्यकामा पनि निकै चिसो बढेको छ । पहाडी जिल्लाहरुमा कठ्याग्रिने जाडो बढेको छ ।

काठमाडौंमा आज न्यूतनम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि हिजो काठमाडौंका न्यूतनम् तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

राति आकाश सफा हुनाले तापक्रम घटेको र यो क्रम अझै केही दिन जारी रहने र शून्य डिग्रीसम्म झर्ने अनुमान माशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया