शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो–जापानको दक्षिण पश्चिममा रहेको जिकेइ अस्पतालले बाबुको पहिचानबिना नै आमालाई बच्चाको जन्म दिने अनुमति दिने बारेमा प्रक्रिया अगाडि बढाएको छ ।
कुमामातो शहर स्थित उक्त अस्पतालले बच्चाको जन्म दिने आमाले परामर्श एजेन्सीहरुसँग मात्र गोप्यरुपमा आफ्नो पहिचान दिए हुने र अन्य सबै जानकारी गोप्य राखेर पनि बच्चा जन्माउन सक्ने अनुमति दिने बारेमा प्रक्रिया थालेको एनएचकेले जनाएको छ ।
गोप्य रुपमा जन्मिएको बच्चा १६ वर्षको उमेर नपुग्ने बेलासम्म उसका बाबुआमाको बारेमा जानकारी नदिन पनि सकिने बताइएको छ । त्यसपछि भने बच्चाले चाहेको खण्डमा आमाले बाबुका बारेमा जानकारी दिन सक्नेछिन् । यसप्रकारको व्यवस्था जर्मनले तीन वर्ष अगाडिदेखि नै सुरुआत गरेको थियो ।

महिलाहरुलाई दिइएको यो अनुमतिले असुरक्षित गर्भपतन र असुरक्षित बच्चाको जन्म दिने क्रमलाई न्यूनिकरण गर्ने विश्वास अस्पतालले लिएको छ ।

तपाईको प्रतिक्रिया