शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

आज आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।  ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने?’ उहाँले भन्नुभयो, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’

वाम गठबन्धनले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उहाँले अगाडि भन्नुभयो, ‘जो पाए त्यहीबाट सपथग्रहण गर्छ कि जनमतले भन्छ ? जनमतले जे भन्छ, त्यही गर्छौं ।’ चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उहाले देउवाको आलोचना गर्नुभयो । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै उहाँले अनेक बाहानामा सरकारको आयु लम्ब्याउनु खोज्नु सत्तालिप्सा भएको आरोप लगाउनुभयो ।

उहाँले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गर्नुभयो । निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको उहाँको आरोप छ ।

तपाईको प्रतिक्रिया