शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

जितपुर – कपिलवस्तुको जितपुरमा जारी प्रदर्शनीमा राखिएको नमुना धरहरा हेर्न आउनेको ओइरो लागेको छ । भूकम्पले ध्वस्त पारेको धरहराको झल्को दिने गरी राखिएको नमूना धरहरा हेर्नकै लागि दिन प्रतिदिन दर्शकको भिड लाग्ने गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

भूकम्पले धरहरा ढलेपछि कहिले,कस्तो बन्ला भन्ने सबैमा कौतुहलता जागिरहेको बेला प्रदर्शनीमा पुरानो धरहराको झल्को दिनेगरी महोत्सवको सचिवालय नजिकै बनाइएको सुन्दर नमूना धरहराले दर्शकको मन तानिरहेको छ । शुक्रबारसम्म जिल्ला बाहिर र भित्रका गरी दश हजार बढी दर्शकले प्रदर्शनीको अवलोकन गरिरहँदा दर्शकको पहिलो नजर धरहरामा जाने गरेको पाइएको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो ।

यस वर्षको मुख्य आर्कषका रुपमा धरहरा रहेको दर्शकले नै बताउने गरेका छन् । प्रदर्शनीमा सबै कुरा विगतकै जस्तै भए पनि यसपाली राखिएको धरहरा हेर्नकै लागि आफूहरु आएको बताएका छन् । वाणगंगा– ९ पडरियाकी लक्ष्मी अर्यालले भन्नुभयो, ‘धरहरा हेर्ने सारै मन थियो, हेर्न नपाइ ढ¥यो त्यसैले यहाँ हेर्न आइकी छु । उहाँ मात्र होइन यहाँ आउने धेरैको भनाइ उस्तै छ ।

“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशीलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही मंसिर २३ बाट शुरु भएको हो । महोत्सव पुस ५ गतेसम्म जारी रहनेछ । युवाको संगठन वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवबाट पाँच करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया