शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – मलेसियालाई पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । समूह ए को बिजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले अब फाइनलमा सिंगापुरको सामना गर्ने छ । आजै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेटले पराजित गर्दै सिंगापुर फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुने छ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसिया मात्र २१ ओभर १ बलमा ५५ रन जोड्दा अलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३४ ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । मैदान भिजेको कारण ३४ ओभरमा झारिएको खेलमा नेपालले खराब सुरुवात गरेको थियो ।

तपाईको प्रतिक्रिया