शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की ह्यालीले इरानले यमनका लडाकू समूह हौथी मुभमेन्टलाई साउदी अरेबियाविरुद्ध आक्रमण गर्न क्षेप्यास्त्रहरु उपलब्ध गराउँदै आएको आरोप शुक्रबार लगाएकी छिन् ।

उनले गत महिना साउदी अरेबियाको राजधानी रियादनजिक प्रहार गरिएको क्षेप्यास्त्रको भग्नावशेषहरु पत्रकारहरुलाई देखाएकी छन् । उनले उक्त अवशेषमा ‘इरानमा निर्मित’ स्टिकरसमेत भएको र इरानले संयुक्त राष्ट्र संघको प्रस्तावनाको उल्लंघन गरेको बताएकी छिन् ।

तर इरानले भने सन् २०१५ देखि नै साउदी नेतृत्वमा रहेको गठबन्धन फौज समर्थित यमनको सरकारविरुद्ध युद्ध गर्दै आएको हौथी मुभमेन्टलाई कुनै हतियार नदिएको बताएको छ । बरु इरानले अमेरिकाको यो दाबी विनाशकारी, गैरजिम्मेवारी र निहुँ खोज्ने खालको भएको बताएको छ ।

ह्यालीले ती क्षेप्यास्त्र सयौं व्यक्तिको ज्यान लिनसक्ने निकै शक्तिशाली भएको दाबी गरेकी छिन् । उनले इरानी सरकाको व्यवहार झनझनै खराब हुँदै गइरहेको पनि बताएकी छिन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेजले रियादमा प्रहार गरिएको र गत जुलाईमा मक्कानजिक खसेको क्षेप्यास्त्रको भगनावशेष एउटै भएको दाबी गरेका छन् । –एजेन्सी 

तपाईको प्रतिक्रिया