शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक सहमति बिना कुनै पनि नियुक्ति नगर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएका दाहालले गभर्नरलगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । निर्वाचनले नयाँ जनादेश दिएको भन्दै उहाँलले कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति गर्न नहुने बताउनुभएका दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष दाहालले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रीलाई सचेत गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया