शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो–जापान सरकारले आगामी वर्षदेखि कम्पनीका लागि कर छुट दिने र आय करमा तीन प्रतिशत कर थप गर्ने भएको छ ।
जापानी सत्ताधारी गठबन्धनका सांसदहरुले आगामी आर्थिक वर्षको कर सुधारका लागि दिएको स्वीकृति बमोजिम कम्पनी कर र आय करमा परिवर्तन ल्याउन लागिएको एनएचकेको समाचारमा उल्लेख छ । सरकारले कर सुधार सम्बन्धी विधेयक संसदको आगामी बैठकमा पेश गर्ने र तुरुन्तै लागू गर्ने जनाएको छ ।
जापान सरकारले आगामी आर्थिक वर्षको अप्रिलदेखि कम्पनीका लागि निश्चित प्रतिशत कर छुट दिने र आय करमा तीन प्रतिशत वृद्धि गर्ने गरी स्वदेशी पूजिँ लगानीलार्ई बढवा दिन लागिएको जनाइएको छ । सूर्तिजन्य उत्पादनमा कर बढाइ सकिएको छ ।
जापानी अधिकारीहरुले आगामी आर्थिक वर्षमा ५२५ बिलियन डलर अर्थात ५९१ ट्रिलियन येन राजस्व संकलन गर्ने लक्ष्य समेत सार्वजनिक गरेका छन् । बढेको आम्दानी करबाट १६८ बिलियन डलर संकलन गर्ने समेत योजना रहेको छ ।
सन् २०१९ देखि जापानी तथा विदेशीहरुका लागि जापानबाट बाहिर जाँदा हरेक पटक एकहजार येन अर्थात ९ डलर भुक्तानी गर्नुपर्ने नियम समेत ल्याउन लागिएको छ । यसबाट प्राप्त हुने आम्दानीलाई पर्यटन सेवाको सुधारमा खर्च गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया