मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

पाल्पा  – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ । ६१ वर्षका पहारीको ब्रेन ट्युमरका कारण जन्मघर बगनासकाली पोखराथोकमा शनिबार बिहान निधन भएको परिवारका सदस्यले बताएका छन् ।

पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् । स्वास्थ्य सेवाबाट अवकास लिएका पहारी सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया