बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सुर्खेत – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातितर्फ सुर्खेतमा नेपाली कांग्रेस पहिलो दल भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको कांग्रेसले समानुपातिमा सबैभन्दा धेरै मत ल्याएको हो ।

समानुपातितर्फ कांग्रेसले ५७ हजार १ सय ७१ मत प्राप्त गरेको छ । यस्तै एमालेले ५५ हजार २ सय ५४ र माओवादी केन्द्रले १५ हजार १९ मत पाएका छन् । यस्तै विवेकशील साझाले २ हजार १ सय ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८ सय ३७ मत पाएका छन् । २ लाख ४ हजार ५७७ मतदाता रहेको सुर्खेतमा १ लाख ४५ हजार मत खसेको थियो ।

कांग्रेसले सुर्खेत क्षेत्र नं. १ मा ३१ हजार ८ सय ८९ मत, एमालेले २८ हजार ९ सय ६४ र माओवादी केन्द्रले ६ हजार ६सय ४५ मत पाएको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । क्षेत्र नं १ मा ७२ हजार ६ सय ८३ मत खसेकोमा ३ हजार ४सय ३० मत बदर भएको छ ।

यस्तै क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ पनि कांग्रेसले सबैभन्दा बढी १४ हजार ७१ मत पाएको छ भने एमालेले ११ हजार ७ सय २२ र माओवादी केन्द्रले २ हजार ८ सय मत पाएका छन् । ३१ हजार ७ सय २३ मत खसेकोमा २ हजार ६ सय ३२ मत बदर भएको छ ।

‘ख’ मा पनि कांग्रेसले सबैभन्दा बढी १६ हजार ५ सय ९१ मत ल्याएको छ ।  एमालेले १५ हजार ५सय १३ र माओवादी केन्द्रले ४ हजार ५ सय ७३ मत पाएका छन् । ४० हजार ९ सय ९० मत खसेकोमा ३ हजार २ सय २ मत बदर भएको छ ।

सुर्खेतको क्षेत्र नं. २ मा ७२ हजार मत खसेकोमा सबैभन्दा बढी  एमालेले २६ हजार २ सय ९० मत ल्यााएको छ । कांग्रेसले २५ हजार २ सय ६८ र माओवादी केन्द्रले ८ हजार ३ सय ७४ पाएका छन् । यस्तै विवेकशील साझा पार्टीले १ हजार ८ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४ सय ८५ ल्याएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

यस्तै क्षेत्र नंबर २ को प्रदेशसभा ‘क’ मा एमालेले १४ हजार ८ सय ८७, नेपाली कांग्रेसले १२ हजार ४ सय १९ र माओवादी केन्द्रले ४ हजार १ सय ८४ पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ हजार ७ सय २० र विवेकशील साझा पार्टीले १ हजार ८७ मत प्राप्त गरेका छन् । ‘ख’ कांग्रेसले  १० हजार ४ सय १५ मत, एमालेले ९ हजार ६० र माओवादी केन्द्रले ५ हजार ८९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया