मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

झापा – झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका ३ मा मे ४ प ४३९६ नम्बर मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किंदा १७ वर्षीय सोनु गणेशको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कमल गाउँपालिका ५ मा को १ ख ३३११ नम्बरको बस र मे ७ प ३८८३ नम्बर मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक स्थानीय दिनेश पोखरेलको मृत्यु भएको छ ।

झापाकै शिवसताक्षी नगरपालिका ८ मा मे ९ प २६२९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा विर्तामोडस्थित एक अस्पतालमा गएराति मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया