मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं – सोह्र वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेसियासँग खेल्दैछ ।

थाइल्याण्डमा चलिरहेको प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्डसहित हङकङ र म्यानमार रहेका थिए ।

यस्तै समूह ‘बी’ को उपविजेताको रुपमा मलेसियाले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।  मलेसिया रहेको समूहमा भुटान, चीन र सिंगापुर थिए ।

प्रतियोगितामा अपराजित रहेको नेपालले समू चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।

तपाईको प्रतिक्रिया