मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

बैतडी –  सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।

सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “त्यसमा अद्भूत कलात्मक ढुंगा कुदिएको पाइएको छ ।”

दश फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् । धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाखाको भनाइ रहेको स्थानीय बासिन्दा गोकर्ण दयालले बताउनुभयो । गुफा हेर्न स्थानीय बासिन्दाको भीड लागेको छ ।

तपाईको प्रतिक्रिया