मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

बेलायत  – बेलायत युरोपियन युनियनबाट आगामी सन् २०१९ को मार्चमा अलग हुँदैछ । यूरोपेली आयोगका प्रमुख जाँ क्लड यंकरले आगामी हप्ता सुरु हुने ती वार्तामा बेलायत औपचारिक रुपमा ईयुबाट बाहिरिएपछिको संक्रमणका सर्तहरुबारे छलफल गरिने बताउनुभयो ।

व्यापार र सुरक्षासहित बेलायत र युरोपियन युनियनबीच दीर्घकालीन सम्बन्ध अघि बढ्न सक्ने संकेत यसबाट मिलेको छ । यूरोपेली आयोगका अध्यक्ष जाँ क्लड यंकरले अबको प्रकृया झनै कठिने हुने भन्दै सावधान गराउनुभयो । ब्रसल्समा ईयूका अन्य २७ सदस्य देशका नेताहरुसँगको बैठकपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटका विषयमा पर्याप्त प्रगति भएको बताउनुभएको छ ।

उहाँले बेलायती प्रधानमन्त्री टेरिजा मे लाई बधाईसमेत दिनुभएको छ । बेलायती प्रधानमन्त्री मेले ईयूसँगको बेलायतको सम्बन्धको दीर्घकालीन आकारहरु तय गर्ने आगामी चरणका छलफलका लागि सृजनात्मक र लक्ष्यका साथ दुवै पक्षले सम्बोधन गरुन् भन्ने आफूले चाहेको बताउनुभएको छ।

दोस्रो चरणको वार्ताका लागि युरोपेली युनियनले उसको निर्देशिकाहरु सार्वजनिक गरेको छ र भावी आर्थिक सहकार्यसम्बन्धी छलफलहरु आगामी मार्च अघि सुरु नहुने देखिएको छ ।

निर्देशिकामा यूरोपेली न्यायालयको अधिकारक्षेत्रभित्र बेलायत रहनेछ र संक्रमणकालीन समयमा कुनै पनि स्वतन्त्र आवागमनका लागि उसले स्वीकृति प्रदान गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया