शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चुनाव जिते पनि प्रमाण पत्र पाउन नसकेका कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

प्रमाणपत्र पाउनु पर्ने मागसहित चौधरीका भाइले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । तीन दिनअघि निवेदन दिएपनि आज सर्वोच्चले निवेदन अस्वीकार गरेको हो । यस किसिमको मुद्दा वारेसमार्फत दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपीठ गरेको हो ।

निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) नं. बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’

चौधरी स्वयम् उपस्थित भएको खण्डमा विचार हुन सक्ने दरपीठमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया