मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

धनगढी – नागरिकको सरकारी सेवा सुविधामा पहुँच बढाउन र जनताप्रति सरकारी निकायलाई उत्तरदायी र जवाफदेही बनाउन प्रहरी, प्रशासन, जनप्रतिनिधिहरु, वडासचिवहरु र सामुदायिक सहयोगी कार्यकर्ताहरु बीच प्रत्यक्ष सम्वाद र अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ ।एफएमडिसी कैलालीले थालनी गरेको ‘हामी नेपाली हाम्रो नेपाल एक अभियान’ अन्तर्गत धनगढी उपमहा नगरपालिकाका ८ वटा वडाहरुमा सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउन ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गत २ वर्ष देखि सञ्चालन हुँदै आएको यो कार्यक्रमले नागरिकका पक्ष महत्वपुर्ण काम गरेको उल्लेख गर्दै नेपाली नागरिक, नागरिकता पाउनबाट बञ्चित नहुन र गैर नेपाली नागरिकले नागरिकता नपाउन भन्ने कुरामा सचेत रहनुपर्ने कुरामा जोड दिनुभयो ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले नागरिकले सरकारी सेवा सुविधा पाउने कुरामा केन्द्रीत भएर सञ्चालन भएको यो कार्यक्रम उपमहानगरपालिकामा महत्वपुुर्ण टेवा पुुग्ने बताउनुुभयो । उहाँले एफएमडिसीले थालनी गरेको कार्यक्रमले सरकारी सेवा सुुबिधा नपाएकाहरुलाई सेवा पाउनमा थप सहजता मिल्ने बताउनुुभयो ।  कैलाली जिल्लाका प्रहरी प्रमुुख बिनोद घिमिरेले नागरिकहरुको सहजताका लागि जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता केन्द्र राखेको बताउदै उहाँले सरकारी सेवा सुुबिधालाई कसरी आम नागरिकको पहुुच सम्म लैजान सकिन्छ त्यो किसिमको जनचेतना जगाउनुु पर्नेमा जोड् दिनुुभयो ।त्यस्तै कार्यक्रमा कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले सरकारी सेवा सुुबिधामा आम नागरिकको पहुुच बढाउन र कैलाली जिल्लाको नागरिताका सवालमा के कस्ता समस्या छन् त्यसका बारेमा सहभागिहरुलाई जानकारी गराउनुु भएको थियो । उहाँले सुुचनाको हकको प्रयोगले काम कारर्वाहीलाई प्रभावकारी बनाउनुुमा थप सहयोग पुुग्ने बताउनुुभयो । कार्यक्रममा नागरिकता नपाएकाहरुले भोग्नुपरेको समस्या राखेका थिए भने निक्कै मेहनत पछि एफएमडिसीका सहयोगी कार्यकर्ताको पहलमा नागरिकता पाएकाहरुले समेत नागरिकता नपाउँदाको पिडा सहित आप्mनो अनुभव कार्यक्रममा सुनाएका थिए ।एफएमडिसी, विकास र सामजिक परिवर्तनका लागि सञ्चार कैलालीले आम नागरिकको सरकारी सेवा सुविधामा पहुँच बढाउन आयोजना गरेको कार्यक्रममा ८ वटा वडाका अध्यक्षहरु, सचिवहरु, सामुदायिक सहयोगी कार्यकर्ताहरु गरी करिव ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रम अधिकृत बीना श्रेष्ठले स्वागत गर्ननुभएको थियो भने कार्यक्रम सञ्चालन अभियानकर्ता निराजन परियारले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया