शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्विस टेसिन स्टार रोजर फेडेरर कीर्तिमानी चौथो पटक बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द ईयर बनेका छन् ।

बेलायती संस्था बीबीसीले हरेक वर्ष दिदैं आएको स्पोर्ट्स पर्सनालिटी अवार्डमा विदेशी खेलाडीतर्फको विधामा फेडेररले उपाधि जितेका हुन् । अघिल्लो वर्ष कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका फेडेरर पब्लिक भोटको आधारमा वर्ष खेलकुद ब्यक्तित्व चुनिएका हुन् ।

यसअघि बक्सिङ खेलाडी मोहोमद अली र एथ्लेटिक्सका युजेन बोल्ट ३÷३ पटक बीबीसी स्पोर्ट्स पर्सनालिटीबाट सम्मानित भएका थिए । ३५ वर्षीय टेसिन स्टार फेडेररले अघिल्लो वर्ष २ ग्राण्डस्लामसहित ७ उपाधि जितेका थिए ।

वर्षभर खेलेका ५७ खेलमध्ये ५ वटामा मात्रै पराजित भएका फेडेरर ५२ खेलमा विजयी भएका थिए । –एजेन्सी

तपाईको प्रतिक्रिया