बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – फ्रान्समा रेल र एक स्कुल बस आपसमा ठोक्किँदा चार बालबालिकाको ज्यान गएको छ । फ्रान्सको दक्षिणी क्षेत्र पेर्पिङ्यानमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । १३ देखि १७ वर्षसम्म विद्यार्थी लिएर गुडेको बस रेलसँग ठोक्किएको हो । रेलसँग ठोक्किएको स्कुल बस दुई टुक्रा भएको छ ।

रेलमार्ग हुँदै बाटो काट्ने क्रममा बसलाई तीब्र गतिमा आएको रेलले ठक्कर दिएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया