बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं  – १६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारको खेल केही ढिलो सुरु हुने भएको छ ।

नेपालले टस जितेर ब्याटिङ रोजेपछि खेल बिहीबार बिहान पौने ९ बजेदेखि हुने भनिएको थियो । तर, खेल मैदान चिसो भएपछि खेल डेढघण्टापछि सुरु हुने भएको हो ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल यो खेलमा विजयी भए समूह विजेता बन्नेछ । ४ टीम रहेको समूहमा म्यानमारले अहिलेसम्म एउटा पनि खेल जितेको छैन ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि थाइल्याण्डमा सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया