बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो– जापानमा वृद्ध नागरिकहरुको जनसंख्या तिव्र गतिमा बढ्दै जाँदा यस वर्षको सेप्टेम्बरसम्ममा १०० वर्ष माथिको जनसंख्या ६७ हजार नाघेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रायलका अनुसार १०० वर्ष पार गरेका नागरिकहरुको संख्या ६७ हजार ७ सय ८२ रहेको जनाएको छ । यस मध्ये ८८ प्रतिशत महिला रहेका छन् । यो संख्या गतवर्षको भन्दा २ हजारले बढी हो । सन् १९७१ देखि यता १०० वर्ष माथिको वृद्धहरुको जनसंख्या तिव्र गतिले बढ्दै आएको छ ।
मन्त्रालयका अनुसार चिकित्सा विज्ञानमा भएको प्रगति तथा स्वस्थ्यप्रतिको सचेतनाका कारण जापानमा लामो उमेरसम्म बाच्ने गरेको पाइन्छ । किकाइ द्विपमा रहेकी ११७ वर्षकी नावी ताजिमा सबैभन्दा बढी उमेरकी महिला हुन भने ११२ वर्षका मासाजो नानोका सबैभन्दा बढी उमेरका पुरुष हुन् ।
पछिल्ला वर्षहरुमा जापानमा जनसंख्या वृद्धिदर निकै घटेको छ भने वृद्धहरुको संख्या बढ्दै गइरहेको छ । २०१६ सम्ममा ६५ वर्ष उमेर माथिको जनसंख्या २७.३ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया