मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं –  लगानी गर्न नसक्दा बैंक तथा बित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ । चालु आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभवा भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो । बैंक तथा बित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिनुभयो  ।

तरलता बढ्दै गए पनि बैंकहरुले लगानी बढाउन सकेका छैनन् । देश चुनावी माहोलबाट बाहिर निस्किएको छ । अब लगानीको वातावरण बन्ने र कर्जाको माग हुने बैंकर्सहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया