शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा-७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् । उनले संखुवासभाको माकल गाउँपालिका-५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेका थिए ।

आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कबिहीन भएका थिए । उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया