मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

इनरुवा – सुनसरी क्षेत्र नं ३ ख बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।

आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया