शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सरकारले प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार सम्भवत भोली बिहाीबर बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्तिका बारेमा छलफल गर्नेछ ।

संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिरफारिसमा राष्ट्रपतिले गर्ने हो ।

संविधानअनुसार प्रत्येक प्रदेशमा नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने उल्लेख छ ।

प्रदेश प्रमुखले नै मुख्य मन्त्रिको नियुक्ति गर्नेछ ।

तपाईको प्रतिक्रिया