शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – सबैको चाहना हुन्छ, निरोगी । मानिसलाई रोग लाग्यो भने पैसाको मात्र सत्यानाश हुँदैन कि जिउने आयु र दैनिक क्रियाशीलतामा पनि प्रभाव पार्दछ । त्यसैले निरोगी रहनका लागि मानिसले अनेक विधि अपनाइरहेका हुन्छन् । कतिपय अवस्थामा डाक्टरको पनि सल्लाह लिइरहेका हुन्छन् । तर, शरीरलाई रोगबाट बचाइराख्नका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । यी खाद्यपदार्थ जुन रातमा सुत्नुअघि खानाले निरोगी बन्नका लागि सहयोग पुर्‍याउँछ :

हरियो तरकारी
कतिपयले बेलुकासमेत मासुको प्रयोग गर्ने गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक छ । बेलुकीको समय नियमित हरियो तरकारीको प्रयोगले निरोगी रहन मद्दत गर्दछ । अचार र सलादका रूपमा पनि हरियो तरकारी वा फलफूल प्रयोग गरेर शरीरलाई निरोगी राख्न सकिन्छ । यसो गर्दा पनि पाचन प्रणालीले राम्रोसँग काम गर्छ ।

दूध
दूध मानव शरीरका लागि स्वस्थकर मानिन्छ । तर, बेलुकीको खानामा दूध पनि सँगै प्रयोग गर्दा यसको प्रभावकारिता थप बढ्ने गर्दछ । यसको प्रयोगले शरीरलाई आवश्यक बोसो त प्रदान गर्छ नै, आरामदायी निद्राका लागि पनि ठूलो भूमिका खेल्छ । त्यसैले बेलुकीको समय नियमित दूध प्रयोग गर्दा पनि निरोगी रहनका लागि सहयोग मिल्छ ।

मह
महका अनेक फाइदा छन् । तर, सुत्नुअघि दैनिक महको प्रयोगले मानिसलाई निरोगी रहन सहयोग पुर्‍याउँछ । बेलुकी प्रयोग गर्ने महले शरीरमा मेटाबोलिज्मलाई व्यवस्थित गर्ने काम गर्दछ । सुत्नुअघि दूधमा मह मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

बटर मिल्क
तपाईंले बटर मिल्क घरमा लिएर राख्दा उपयुक्त हुन्छ । खानसँगै यसको प्रयोगले तपाईंको जीवनलाई स्वस्थ राख्न मद्दत गर्दछ । खानासँग रायोको साग खाँदा पनि रोग लाग्नबाट बच्न सकिन्छ । बटर मिल्क र रायोको सागले पाचन प्रक्रियालाई व्यवस्थित र चुस्त राख्ने काम गर्दछ । तर, बेलुकीको खानासँग भुलेर पनि दहीको प्रयोग गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया