बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – ‘दर्पणछायाँ’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेका दिलिप पछिल्लो समय साना ब्यानरका चलचित्रमा ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘गोरे’ प्रदर्शनको तयारीमा छ । उक्त चलचित्रको शीर्ष गीत सार्वजनिक भएको छ ।

चलचित्रको शीर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा नायिका अनु शाहसँग रोमान्टिक मुडमा देखिएका छन् । ‘गोरे गोरे’ बोलको गीतमा बिकाश चौधरीको संगीत, रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द छ ।

रामेश कुमार राइको निर्देशन रहेको यस चलचित्रले दीलिपको अस्ताउँदो करिअरलाई उठाउने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया