शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सुनसरी – सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन गोल्डकप फुटबलको अन्तिम क्बाटरफाईनलमा आज रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुँदैछ । दुई क्लबबीचको प्रतिस्पर्धा दुहवी  रंगशालामा अपरान्ह साढे २ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा आयोजक एलेभेन एरोज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै मनाङ मस्र्याङदी क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको थियो । ८ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ४ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया