शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो– बुधबारदेखि जापानको उत्तरी र पश्चिमी क्षेत्रमा मौषममा परिवर्तन आई निकै चिसो बढ्ने र भारी हिमपात हुनसक्ने बताइएको छ ।
जापानी जल तथा मौषम विभागका अनुसार विशेष गरेर समुद्री तटका क्षेत्रहरुमा भारी हिमपात र तिव्र वेगमा आउन सक्ने आँधीका कारण यातायातका साधनहरु प्रभावित हुनसक्ने जापानी सञ्चार माध्यम एनएचकेको समाचारमा उल्लेख गरिएको छ ।
तटीय क्षेत्रहरुमा कडा हावाका कारण निकै चिसो र जाडोको चापका ढाँचामा परिर्वतन आई जाडो  बढ्न सक्ने मौषमविद्हरुले अनुमान गरेका छन् ।
मंगलबारको सुरुमा नै यामागाता प्रिफेक्चरको साकाता शहरमा प्रतिघण्टा १०० किलोमिटरका दरमा हावाको वेग आएको बताइएको छ । जापानका केही क्षेत्रमा प्रतिघण्टा १२६ किलोमिटरमा दरले आँधी आउन सक्ने र समुद्री छाल ७ मिटरसम्म माथि पुग्नसक्ने जनाइएको छ ।

भिडियो सहित

तपाईको प्रतिक्रिया