बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो– नेपाल तामाङ समाज, जापानको छैठौं अधिबेशनले कुमार मोक्तानको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।
जापानमा रहेका तामाङहरुको साझा संस्थाको रुपमा रहेको समाजको आइतबार सिनओकुबो स्थित टोकियो रोधी क्लबमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबिना तामाङ, सरोज तामाङ ,पुजन लामा र सिमन तामाङलाई निर्वाचित गरेको छ, भने महासचिवमा हिमाल वाईबा, सचिवमा अभिनास तामाङ र कुन्साङ थिङ, कोषाध्यक्षमा सम्झना लामा र सह–कोषाध्यक्षमा राकेस रुम्बा निर्वाचित भएका छन् ।
अधिवेशनले तेन्जिङ योन्जन, पासाङ तामाङ, अनु थोकर, सजिना मोक्तान, स्मृति मोक्तानलाई सदस्यमा चयन गरेको छ । त्यसैगरि आशिष दोङ, सुरेश मोक्तान, गिर बहादुर तामाङ, बिमल तामाङ, डिबी लामा, दिप लामा र रत्न बहादुर तामाङलाई पनि समाजको सदस्यमा निर्वाचित गरेको छ ।
तामाङ जातीको कला, संस्कतिको संरक्षण र संर्वद्धन गर्दै जापानबासी लगायत समग्र तामाङहरुको हितका लागि सहयोग पुर्याउने उदेश्यले गठित समाजको लागि ठोस कार्यक्रम बनाएर समाजलाई सशक्त र रचनात्मक क्रियाकलापका साथमा अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष मोक्तानले प्रतिवद्धता जनाउनुभयो ।
घोषणा सभामा आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित महासचिव वाईबाले जापानमा रहेका तामाङहरुको यथार्थ तथ्यांक संकलन गरि सदस्यहरुलाई आइपर्ने समस्याहरुको समाधानका लागि समाजले पहल गर्ने बताउनुभयो ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिदै निबर्तमान अध्यक्ष कर्मवाङगेल घिसिङले समाजको लक्ष्य र उदेश्य अनुरुप वर्तमान निर्वाचित कार्यसमितिले कार्य गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष सुकुमान थिङ, पूर्व महासचिव हवलचन्द्र लामा, पूर्व उपाध्यक्ष मंगल तामाङ, सल्लाहकार कुमार मोक्तान तामाङ र समाजका किताकान्तो क्षेत्रीय समितिका अध्यक्ष कुलमान तामाङले शुभकामना मन्तब्य मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम निर्वतमान अध्यक्ष मोक्तानको अध्यक्षता, महासचिव हिमाल वाईबाको संंचालन बरिष्ठ उपाध्यक्ष सञ्जिव स्याङतानले स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई गैर आवासीय नेपाली संघ, जापानको केन्द्रीय सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक मेख वाईबा तामाङले सपथ ग्रहण गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया