मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन बने पहिलो निर्वाचित सांसद

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याउनुभयो ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गर्नुभएको थियो । उहाँ त्यसपछि मन्त्रीसमेत हुनुभएको थियो ।

मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो ।

यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित